दोस्रो त्रैमासमा एलआईसी नेपालको जीवन बीमा कोषमा ८६ अर्बमाथि, खुद बीमा शुल्क झण्डै १० अर्ब संकलन

२८ माघ २०७८, शुक्रबार १२:५५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले आज प्रशाति गरेको वित्तिय विवरण अनुसार जीवन बीमा कोष १६.४९ प्रतिशतले बृद्धि गरी ८६ अर्ब ४९ करोड ११ लाख १३ हजार २१५ रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले चालु आवको छ महिनामा जगेडा कोष ९४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब २३ करोड ५० लाख ४० हजार ८५७ रुपैयाँ संचिती गरेको छ ।

एलआईसी नेपालको समग्र कोषमा ८८ अर्ब आठ करोड ८१ लाख ८८ हजार ७९५ रुपैयाँ संचिती गरेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको समग्र कोषको आकार १७ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी नौ अर्ब ५८ करोड छ लाख ४१ हजार ६०३ रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा सामान्य बृद्धि हो । गत आवमा कम्पनीले नौ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी १६.४५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा चार अर्ब ५२ करोड रुपैयाँ तिरेको कम्पनीले चालु आवमा पाँच अर्ब २६ करोड ८३ लाख ९७ हजार ६४० रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा, बीमालेख धितो कर्जा तथा अन्य आयबापतको आम्दानी १४ प्रतिशतले बृद्धि भएको छ । तीनै प्रकारको आम्दानी चार अर्ब ११ करोड ७९ लाख ३१ हजार २१० रुपैयाँ रहेको छ ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवमा ३८ करोड ५७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा १४.३५ प्रतिशत घटी अर्थात ३३ करोड चार लाख ११ हजार ७०० रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्ताहरुलाई कमिशन बापत ९१ करोड ९६ लाख ४६ हजार ५१३ रुपैयाँ वितरण गरेको छ । यो गत आवको तुलनामा ९ प्रतिशतले घटी हो । गत आवमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब एक करोड रुपैयाँ कमिशन बापत वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा घटेको छ । गत आवमा ११ करोड ५६ लाख मुनाफा गरेको कम्पनीको यस आवमा मुनाफा ३३.५१ प्रतिशतले घटेर सात करोड ६९ लाख एक हजार ३८६ मा सीमित भएको हो । बीमा समितिले अनिवार्य गरेको फ्युचर बोनसका कारण सबै ठूला जीवन बीमा कम्पनीको बोनसदर र मुनाफा घटेको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीको बीमा पोलिसी संख्या सात लाख छ हजार ८७९ बाट घटेर छ लाख ९५ हजार ७५० मा झरेको छ ।

एलआईसी नेपालका प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५८.३३ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ मूल्य १८०.६८ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६७.६५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*