आम्दानी बढेसँगै युनिलिभर नेपालको खुद नाफा ३१ करोड माथि

२८ माघ २०७८, शुक्रबार १२:२९

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ ।

गत वर्ष यसै अवधिमा १३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा खुद नाफा १३६.८१ प्रतिशतले बढेर ३१ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । यसै अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट संचालन आम्दानी बढाएपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको संचालन आम्दानी १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ रहेको छ । गत वर्ष भने सो अवधिमा १ अर्ब १७ लाख ६२ लाख रुपैयाँ मात्र संचालन आम्दानी सिमित भएको छ ।

हाल कम्पनीको शेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ हुदाँ कम्पनीको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ हजार २६७ रुपैयाँ र प्रतिशत नेटवर्थ २ हजार ९७२ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*