पिपुल्स पावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

२८ माघ २०७८, शुक्रबार १२:२८

काठमाडौं । पिपुल्स पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा भोलि (माघ २१ गते) बिहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालय मार्फत भर्चुअल माध्यमबाट बस्दै छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारि गर्नुका साथै संचालक समिति पूर्ण गर्ने र सो कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । त्यस्तै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत कार्यसूचिमा रहेको छ ।

साथै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*