सुन तोलामा १ सय रुपैयाँले वृद्धि

२८ माघ २०७८, शुक्रबार १२:२७

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्यले वृद्धि भएको छ । बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको सुन शुक्रबार भने १ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*