मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

२८ माघ २०७८, शुक्रबार ११:३३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीलाई उक्त शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कसैको पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

सस्थापक शेयरधनी सूरुची मित्तलेले ४ हजार ८ सय कित्ता प्रति शेयर न्युनतम मूल्य ५५० रुपैयाँ, राजेश कुमार अग्रवालले ५० हजार कित्ता र श्रवण कुमार अग्रवालले ५० हजार कित्ता शेयरका बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संंस्थाले फागुन १५ गते भित्र आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*