निर्धन उत्थान लघुवित्तको खुद नाफा ७६३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

२८ माघ २०७८, शुक्रबार ११:३२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेखनिय सुधार देखिएको छ ।

चालु आर्थिकको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफामा ७६३.७३ प्रतिशतले बढेर ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ७१ लाख ९३ हजार रुपैयाँमा सिमित रहेको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा सामान्य र संचालन नाफामा आर्कषक सुधार आउदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.०३ प्रतिशतले बढेर १ अर्ब ६ करोड ३५ लाख २३ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ७५९.३७ प्रतिशतले बढेर ७० करोड २० लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन र कर्जा लगानीमा समेत सुधार आएको छ । कम्पनीको निक्षेप संकलनमा सुधार आई १७ अर्ब ५ करोड १६ लाख ९ हजार र कर्जा लगानीमा २६ अर्ब ५९ करोड ६४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिकी ३७ रुपैयाँ ३८ पैसाबाट बढेर ४५ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ १९ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*