एनसीसी बैंकको ११ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२८ माघ २०७८, शुक्रबार १०:११

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख ६१ हजार ६७९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी अनारदेवी श्रेष्ठले २ लाख कित्ता, दिपक रत्न शाक्यको १ लाख ९१ हजार ६७९ कित्ता र एनवी गु्रप प्रालिले ६ लाख ७० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले (माघ २८ गते) ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको बागबजार काठमाडौं स्थित शेयर विभागमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*