ग्रामीण विकास लघुवित्तको खुद नाफामा सुधार, प्रतिशेयर आम्दानी ?

२८ माघ २०७८, शुक्रबार १०:१०

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएकोमा पुस मसान्तसम्मको अवधिमा आउदा खुद नाफा ६.५१ प्रतिशतले बढेर १९ करोड २६ हजार रुपैयाँ कमाउन सफल भएको छ । यस अवधिमा कम्पनीको संचालन नाफामा र खुद ब्याज आम्दानीमा सुधार आउदा खुद नाफा समेत वृद्धि हुन पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.२३ प्रतिशतले बढेर ६३ करोड २१ लाख ९५ हजार रुपैयाँ र संचालन नाफा पनि ४२.२४ प्रतिशतले बढेर २८ करोड ५४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको सापटी रकम ६ अर्ब ९२ करोड ३५ लाख ५१ हजार रुपैयाँ, जगेडा कोषमामा समेत सुधार आइ १ अर्ब २० करोड ४९ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने वार्षिकी प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ६४ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*