दोल्ती पावरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

२७ माघ २०७८, बिहीबार १८:१३

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त नियुक्त पत्रमा कम्पनीको संचालक सौरभ अर्जेल र क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणमा साधारण शेयर निष्काशन तथा बिक्री गर्ने तयारी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*