इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन

२७ माघ २०७८, बिहीबार १७:४७

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०० बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

१ अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १३ लाख ७३ हजार ८०१ जनाले १ करोड ६० लाख ८५ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३१.१३ गुणा बढी आवेदन हो । कम्पनीले माघ २६ गतेबाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*