थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२७ माघ २०७८, बिहीबार १७:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वfस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ८८० जनामा पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा र ३ हजार ३५६जनामा एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा थप २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २९ हजार ४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र आज ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*