रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

२७ माघ २०७८, बिहीबार १५:००

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले एक अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, बीमालेख धितोमा २८ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरी एक करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयँ खुद नफा आर्जन गरेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रकम रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ७७.२० गुणा रहेको छ।
पुससम्ममा कम्पनीले एक लाख ६९ हजार वटा बीमालेख बिक्री गरी एक अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले ४५४ वटा दाबी वापत ३७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*