अर्धबार्षिक समिक्षा : बजेटको आकार घट्यो, १५ खर्ब ४६ अर्बको मात्र बजेट खर्च हुने अनुमान

२७ माघ २०७८, बिहीबार १५:५५

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेट संसोधन गरेको छ । सरकारले आज अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्।

रकारले चालू आर्थिक बर्षको बजेटको आकार घटाएको छ। अघिल्लो सरकारको बजेटलाई संसोधन गरेको कांग्रेस नेतृत्त्वको सरकारले आफ्नै अनुमान समेत भेट्टाउँन गाह्रो भएपछि बजेट संसोधन गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । अर्थ मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका छन्।

त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेट ल्याउँदै चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ खर्च हुने अनुमान राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*