शेयर बजार ओरालो लाग्दा यी कम्पनीको लगानीकर्ताले गुमाए

२७ माघ २०७८, बिहीबार १५:१९

काठमाडौं । साताको चौथो दिन २२ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन समेत ११.९६ प्रतिशतले घटेको छ ।पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घट्दा कारोबार समेत ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँमा सिमित भएको छ ।

बिहिबार नेप्से घटेर कारोबार समेत खुम्चिदा मिथिला लघुवित्तले सर्वाधिक गुमाएको छ । कम्पनीले शेयर आज ४ प्रतिशतले घटेको हो ।
त्यस्तै, ग्लोबल आइएमइए समुन्नतीको ३.२० प्रतिशत, नेरुडे लघुवित्तको ३.२० प्रतिशत, नेपाल फाइनान्सको ३.१० प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ३.०६ प्रतिशत र समृद्धि फाइनान्सको २.९६ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*