आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए

२७ माघ २०७८, बिहीबार १५:१६

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से फेरी घट्न पुगेको छ । साताको दोस्रो दिन मात्र सामान्य बढेको नेप्से त्यस यता निरन्तर ओरालो लागेको छ ।नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा ११.९६ अकंले घट्दा कारोबार पनि ३ अर्ब ८२ करोड रुपैयाँमा सिमित भएको हो । नेप्से निरन्तर ओरालो लाग्दा आज नबिल इक्वाटी फण्डले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको शेयर आज २.७६ प्रतिशतले बढेको हो ।

त्यस्तै, सिन्धु विकास बैंकको २.२० प्रतिशत, कुमारी इक्वाटी फण्डको २.०७ प्रतिशत, एनएमबि फिप्टीको २.०६ प्रतिशत, साल्ट टे«स कर्पोरेटको २.०६ प्रतिशत र आइसिएफसि फाइनान्सको २.०१ प्रतिशतले वृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*