आज सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दै, अर्को साता मौद्रिक नीतिको समीक्षा

२७ माघ २०७८, बिहीबार १३:१२

काठमाडौं । अर्थमन्त्रालयले आज २ बजे चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । अर्थमन्त्रालयले केहि काम परेको कारण अकास्मत रुपमा आज उक्त कार्यक्रम राखेको हो ।अर्थमन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको हो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि अर्को सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ ।अर्थमन्त्रालयले बजेटको समीक्षा गरेको एक सातापछि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा गर्न लागेको हो । अर्थमन्त्रालयले गरेको बजेटको समीक्षालाई हेरेर राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने अन्तिम तयारी गरिरहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*