प्रभु बैंकको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२७ माघ २०७८, बिहीबार १२:५८

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० लाख १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेण्ट प्रालिले १७ लाख कित्ता, अम्बिका शर्मा लामिछानेले ३ लाख कित्ता र नितु अग्रवालले १० लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*