महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा ?

२७ माघ २०७८, बिहीबार १२:५४

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण प्रस्ताव पारित गर्नुका साथै लेखा परीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७।०७८ अवधिका लागि लेखापरीक्षकमा नियुक्ति गर्नेछ ।

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापूँजी पुयाउनका लागि ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि उक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*