साना किसान विकास लघुवित्तको खुद नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दनी कति ?

२७ माघ २०७८, बिहीबार १२:५३

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी खुद नाफा ३१ करोड ५० लाख ४१ हजार रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा खुद नाफा २.७८ प्रतिशतले बढेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ कमाउन सफल भएको छ । यसै अवधि संचालन नाफामा समेत २.४२ प्रतिशतले सुधार आइ ४६ करोड १५ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले १४ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ सापटी लिएको छ भने ३ करोड १७ लाख ९५ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ रहेको छ भने यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*