ज्योति विकास बैंकद्धारा स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग

२७ माघ २०७८, बिहीबार १२:५१

काठमाडौं । ज्योति विकास बैंकले कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग गरेको हो ।

स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर के.सी द्वारा कोहलपुर नगरपालिका वडा नं.१५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

त्यस्तै बैंकले काठमाडौं स्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा,काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेका बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*