प्रभु बैंकको ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२७ माघ २०७८, बिहीबार १२:४९

काठमाडौं । प्रभु बैंकले संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९४ हजार ६५६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी धुव चन्द्र धिताले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले विद्यमान संस्थापक शेयरधनीहरुलाई खरिद गर्ने ३५ दिने सूचना प्रकाशित गरेकोमा कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगागि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित (माघ २७ गते) भएको मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बवरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*