कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने अवधि थप

२७ माघ २०७८, बिहीबार १२:०४

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन अवधिमा थप गरेको छ । बैंकले माघ ७ गतेदेखि १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन माघ २७ गतेसम्म तोकेकोमा सो अवधि बढाएर फागुन १३ गतेसम्म कायम गरेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक र आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*