सुनको मूल्य बढ्यो

२७ माघ २०७८, बिहीबार १२:०३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बिहिबार समेत ५ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार पनि स्थिर रहदैं सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*