लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभांश दिने निर्णय

२७ माघ २०७८, बिहीबार ११:५९

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत लाभांश प्रस्ताव आगामी बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव ५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७६१९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*