दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि

२७ माघ २०७८, बिहीबार ०८:२३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ७३.५२ प्रतिशतले बृद्धि भई दुई अर्ब ८२ करोड ९५ लाख ५० हजार ५०२ रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो त्रैमाससम्ममा दुई अर्ब ४६ करोड रहेको जीवन बीमा कोषको आकार तीन महिनामा ३६ करोड भन्दा बढिले बृद्धि गर्न सफल भएको देखिएको छ ।

कम्पनीको जगेडा कोष ९३ प्रतिशतले बृद्धि भई ३३ करोड माथि पुगेको छ । त्यस्तै महाविपत्ति कोषमा तीन करोेड ४९ लाख रुपैयाँ संचिती गर्न सफल हुँदा कूल कोषको आकार तीन अर्ब १९ करोड ६८ लाख पुगेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी २२ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड २१ लाख ७० हजार ४०९ रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले जम्मा ९५ करोड खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको सञ्जाल विस्तार हुँदै जाँदा व्यवसाय फैलदै गएको हो ।

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ९७ प्रतिशतले बृद्धि भई आठ करोड ७८ लाख बाट १७ करोड २७ लाख पुगेको छ । त्यस्तै व्यवस्थापन खर्च ९८.८७ प्रतिशतले बृद्धि भई सात करोड ४१ लाखबाट १४ करोड ७४ लाख पुगेको छ ।

कम्पनीले अभिकर्तालाई २० करोड तीन लाख ९० हजार २८१ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । गत आवमा कम्पनीले जम्मा १५ करोड रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको थियो ।

कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पाँच करोड ५४ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीले समीक्षा अवधीमा नौ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।
कम्पनीमा हालसम्म कायम बीमापोलिसीको संख्या ८ प्रतिशतले बढेर ४५ हजार १०५ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६०.२६ छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ११८.३७ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६९.२८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*