७० लाख बोकेर काठमाडौं छिरेका ढुंगाना पक्राउ

२६ माघ २०७८, बुधबार २३:२०

काठमाडौं । प्रहरीले पछिल्लो समय स्रोत नखुलेको रकम भन्दै सर्वसाधारणलाई पक्राउ गरी दुःख दिन थालेको छ । यसै क्रममा आफ्नै पैसा बोकेर काठमाडौं छिर्दै गरेका एक व्यक्तिलाई बालाजु बाईपास सडकबाटै पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरेको छ । उनलार्य आज एक कार्यक्रम नै गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गानालाई पक्राउ गरिएको जानकारी बताए । स्मरणरहोस्, ति व्यक्तिले सो रकम चोरी गरेर, घुस खाएर वा अन्य कुनै अपराधिक काम गरेर ल्याएका थिएनन् । आफ्नै पैसा लिएर काठमाडौं आएको ढुङ्गानालाई प्रहरीले रकमको स्रोत सम्बन्धमा अनुसन्धान गर्ने भन्दै पक्राउ गरेको हो ।

पछिल्लो समय प्रहरीले रकमको स्रोतमाथि प्रश्न गर्दै दैनिक रुपमा सर्वसाधारणलाई पक्राउ गर्ने, दुःख दिने गर्दै आएको छ । प्रहरीका अनुसार नगद बोकेर हिड्ने जोसुकैलाई पक्राउ गरी स्रोत नखुलेको रकम भन्दै प्रहरीले हिराशतमा राख्ने र पैसा नै पचाईदिने प्रवृत्ति बढ्दै गएको छ । सोही कारण बैंकमा रकम नआउँदा बैंकिङ प्रणालीमा तरलताको हाहाकार मच्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*