कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ माघ २०७८, बिहीबार ०६:५९

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक र मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*