अजोड इन्स्योरेन्स सहित ४ कम्पनीको साधारण सभा फागुनमा हुँदै, कुनले कति लाभांश दिदैछ ?

२६ माघ २०७८, बुधबार १८:०२

काठमाडौं । चार कम्पनीहरुले वार्षिक साधारण आह्वान गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सले चौथौ, अजोड इन्स्योरेन्सले चौथौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले १९औं र जानकी फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन महिनामा डाकेका हुन् ।

तीन बीमा कम्पनी र एउटा फाइनान्सले आह्वान गरेको उक्त सभाको मुख्य एजेण्डा लाभांश पारित गर्न रहेको छ । ज्योति लाइफ, एलआइसी र जानकी फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ भने अजोड इन्स्योरेन्स लाभांश प्रस्ताव गरेको छैन । जसअनुसार अजोड इन्स्योरेन्सका शेयरधनीहरुको हात खाली हुनेछ ।

ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड, पोखरा–१८ कास्कीमा बिहान ११ बजे हुनेछ ।

उक्त सभाले कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा पारित गर्नेछ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्स कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा युनाइटेड वल्ड टे«ड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ ।

अजोड इन्स्योरेन्सले भने लगानीकर्ता लाभांश वितरणको प्रस्ताव गरेको छैन । तर, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

कम्पनीले सभाले आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन
लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले भने आउँदो फागुन ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान सवा ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ ।

उक्त सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार माघ २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

जानकी फाइनान्स
जानकी फाइनान्स लिमिटेडले पनि फागुन ७ गते २५ औं वार्षिक साधारण सभा डाकेको छ । सभा होटल मानकी इन्टरनेशनल प्रा.लि. शिवचौक, जनकपुरधाममा विहान १० बजे सुरु हुनेछ ।

उक्त सभाले कम्पनीले आव २०७७÷७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएकोले माघ २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*