आज सर्वाधिक कमाउने कम्पनीमा लिबर्टी इनर्जी, अन्य क–कसले कमाए ?

२६ माघ २०७८, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन नेप्से फेरी ओरालो लागेको छ । साताको तेस्रो दिन १६ अकंले घटेको नेप्से चौथो दिन पनि २२.११ अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको ६५ लाख २० हजा ६२८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से आज राताम्य हुदाँ कारोबार पनि करिब साढे ३ अर्र्बमा खुम्चिएको हो । आज सर्वाधिक कमाउने कम्पनीमा लिबर्टी इनर्जी कम्पनी रहको छ । कम्पनीको शेयर आज ३.०८ प्रतिशतले बढेको हो ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तको २.८० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको १.९७ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.८७ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.८५ प्रतिशत र सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको १.७४ प्रतिशतले बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*