मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुन क्षेत्रमा कति ?

२६ माघ २०७८, बुधबार १३:२४

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ४० प्रतिशत रहेको छ ।

दोस्रो त्रैमासससम्ममा बीमा समितिले उपलब्ध गराएको ततथ्याङ्क अनुसार निर्जीवन हाल संचालनमा रहेको २० बीमा व्यवसयामा मोटर बीमाले ३९.५४ प्रतिशत हिस्सा ओगटेको छ । सरकारको प्रावधान अनुसार सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको हिस्सा बढी देखिएको हो ।

त्यस्तै, बीमा समितिले निम्न वर्गलाई समेट्ने गरि छुटै लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको लघु बीमाले सबैभन्दा कम ०.११ प्रतिशत हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छ । हाल निर्जिवन बीमा कम्पनीहरुले नै लघुबीमाको काम गर्दै आईरहेको छ ।

निर्जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।कम्पनीहरुले पुस महिनामा दुई लाख ६१ हजार ६ सय ८७ वटा बीमालेख जारी सो बराबरको व्यवसाय गरेका हुन् ।कम्पनीहरुले मोटर बीमाबाट १ अर्ब ४५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले सबैभन्दा धेरै बाग्मती प्रदेशबाट कम्पनीहरुले ९३ करोड ६५ लाख रुपैयाँको मोटर बीमा व्यवसाय गरेका छन् ।यस त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा १८.५९ प्रतिशत रहेको छ ।
यस अवधिमा कम्पनीहरुले ६८ करोड २६ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेग्गा जोखिम बीमाको हिस्सा १७.८५ प्रतिशत, विविध बीमाको हिस्सा १०.२९ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ५.७४ प्रतिशत, सामून्दि«क बीमाको हिस्सा ४.१० प्रतिशत, हवाईको ३.७७ प्रतिशत र लघु बीमाको हिस्सा ०.११ प्रतिशत छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुस महिनामा कम्पनीहरुले इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमाबाट ६५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

विविध बीमाबाट ३७ करोड ७८ लाख रुपैयाँ, हवाई बीमाबाट १३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
भने कम्पनीहरुले कृषि तथा बाली बीमाबाट २१ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले पुस महिनामा सबैभन्दा कम ३९ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*