युनियन हाइड्रोपावरको नाफा ५९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२६ माघ २०७८, बुधबार १२:४२

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ९७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५९.८९ प्रतिशत बढेको हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले १ करोड २३ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी ११.८० प्रतिशतले बढेर ४ करोड ८८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ३७ लाख १४ हजार रुपैयाँ रहेको थियो । यस आवमा कम्पनीको आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।

त्यस्तै, संचालन नाफा पनि १०.८९ प्रतिशतले बृद्धि भएर ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको संचालन नाफा ३ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेकोमा कम्पनीको रिजर्भको आकार केही घटेर ५ करोड ६२ लाख रुपैयाँँ ऋणात्मक रहेको छ । साथै यस अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ५.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९२.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४.४६ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*