नेको इन्स्योरेन्सद्धारा समता स्कुललाई ५ लाख रुपैयाँ सहयोग

२६ माघ २०७८, बुधबार ११:३५

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायितव अन्तर्गत उक्त स्कुललाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कम्पनीले समाज प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्दै सामाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही क्रममा कम्पनीका अध्यक्ष रोहित कुमार भटृराईले समता शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

समता स्कूलले देशका ७७ वटै जिल्लामा मासिक १०० रुपैयाँ शुल्कमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ ।

सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशक दीपक सन्जेलले नेको इन्सुरेन्सले आर्र्थिक कमजोर भएका वर्गका वालवालिकाहरुलाई शिक्षा प्रदान गर्ने महान कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गर्दै कृतज्ञता ब्यक्त गरे ।

कम्पनीका अध्यक्ष भटृराईले नेको इन्सुरेन्स आप्mनो ब्यवसाय बृद्धिको साथै समाज प्रतिको आप्mनो दायित्व निर्वाह गर्न प्रतिवद्ध रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*