कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२६ माघ २०७८, बुधबार ११:०९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकका संस्थापक शेयरधनी मिलन इन्भेष्टमेन्ट कम्पनी प्रालिका नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*