चालु आवको पुष मसान्तसम्मा किसान लुघवित्तको खुद नाफा साढे ४ करोडमाथि, इपिएस कति ?

२६ माघ २०७८, बुधबार १०:५०

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य प्रगति गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पुष मसान्तसम्ममा ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.३६ प्रतिशत बढेर १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी १७ करोड १० लाख रुपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, सञ्चालन मुनाफा ८३.२२ प्रतिशत बढेर ६ करोड ४५ लाख रुपैयाँ पुगेका छ । गत आावको यसै अवधिसम्ममा संस्थाको संचालन नाफा ३ करोड ५७ लाख रुपैयाँ मात्र रहेको थियो । यस अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै लघुवित्तले खुद नाफामा सुधार गर्न सफल भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ १० पैसा बढेर २३ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २४३.५२ प्रतिशत बढेको छ भने सापटी २८.३४ प्रतिशत, निक्षेप २३.११ प्रतिशत र कर्जा ३४.९६ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*