आइपीओ आवेदनमा रेकर्ड ब्रेक, जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २६ लाख आवेदन

२५ माघ २०७८, मंगलवार १७:३७

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिनेको सङख्या ५६ लाख नाघेको छ। लघुवित्तको आइपीओमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्म २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६६.६५ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*