थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

२५ माघ २०७८, मंगलवार १७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५८७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगबार पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ भने ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*