अरुणभ्याली सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२५ माघ २०७८, मंगलवार १५:०८

काठमाडौं । उतारचढावकाबीच साताको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकले घट्न पुगेको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्सेमा आज १६ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से १६ अंकले घटेतापनि अघिल्लो दिनको तुलनामा कारोबार बढ्न पुगेको छ । सोमबार ५ अर्बमाथि कारोबार सीमित हुन पुग्दा आज ६ अर्बमाथिको कारोबार हुन पुगेको छ ।

सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको ३३ करोड २ लाख, निफ्राको ३२ करोड ३३ लाख, अपर तामाकोशीको ३२ करोड ८ लाख र एचआइडिसिएलको ३० करोड १२ लाख माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*