इमर्जिङ नेपाल कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

२५ माघ २०७८, मंगलवार १५:१६

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न माघ २६ गते (भोलि)देखि निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीको जारी पूँजी रु. ५५,५६,००,०००/– (अक्षरेपी पचपन्न करोड छपन्न लाख) रकम बराबरको प्रति साधारण शेयर रु १००/– अंकित दरको ५५,५६,००० (पचपन्न लाख छपन्न हजार) कित्ता शेयरको १० प्रतिशतको दरले हुन आउने रु. ५,५५,६०,०००/– (अक्षेरुपी : पाँच करोड पचपन्न लाख साठी हजार मात्र) रकम बराबरको रु १००/– अंकित दरका ५,५५,६०० कित्ता मध्ये २ प्रतिशत अर्थात ११,११२ कित्ता साधारण शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७,७८० कित्ता साधारण शेयरहरु सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५,१६,७०८ कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गरिएको छ ।

उक्त आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

संगठित संस्थाको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास :

इमर्जिङ्ग्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साल श्रावण ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै मिति २०७२/१२/२६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आइरहेको छ ।

कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य आधारभूत संरचनाको ढाँचा, उद्योगलाई प्रोत्साहान र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नति तर्फ अघि बढाउनु हो । इमर्जिङ्ग्ग नेपाल लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्वमा, प्रसिद्ध व्यवसायी संघ, बैंक तथा वित्तीय व्यवसायी, कर्मचारी र व्यवसायिक व्यक्तिलाई एक साथ ल्याई राष्ट्रिय प्राथमिकताको विभिन्न विषयहरुमा समाधानका उपायहरु प्रस्ताव गर्नेछ ।

यो कम्पनीको लक्ष्य नै राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आथर््िाक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गर्नु हो । यसले विकास निर्माण सम्बन्धि योजनाको कार्यान्वयनमा परामर्श सेवा दिनुको साथै उत्पे्ररकको भुमिका बहन गर्नेछ । नीजि क्षेत्रबाट व्यवस्थापन हुने भएकोले उच्च स्तरको पारदर्शिता र जवाफदेहिताको साथैउच्चगति र कार्यकुशलता सँगै संचालन र व्यवस्थापन गरिनेछ ।

संगठित संस्थाको मुख्य उद्देश्यहरु :

कम्पनीको प्रबन्ध पत्रको दफा ४ मा उल्लेख गरिए बमोजिम तथा कम्पनी ऐन, २०६३ र अन्य प्रचलित नेपाल कानूनको अधीनमा रहीे देश विकाशको लागि पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेप्लपमेण्ट) गर्ने यस कम्पनीको मुख्य उद्देश्यहरु देहाय बमोजिम रहेको छन्।

(क) देश आर्थिक विकाशको मुख्य आधार पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) भएको हुँदा पुर्वाधारको रुपमा रहेको फाष्ट ट्रयाक, सुरङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जल विद्युत निर्माण, वितरण, पूर्वधार सम्बन्धि वित्तीय संस्था, खानी, लगायतका, व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने, विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने । पूर्वाधार विकासको आवश्यकता अनुसार स्वदेशी/विदेशी परामर्शदाताहरुसंग परामर्श लिने, पूर्वाधार सम्बन्धी गोष्ठी/कार्यशाला/तालिम आयोजना गर्ने/गराउने ।

राष्ट्रको पूर्वाधार आवश्यकताको पहिचान गरी, सो सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने÷गराउने ।

(ख) प्रचलित कानूनको अधीनमा रही स्वीकृत लिनु पर्नेमा लिई पूर्वाधार विकासको रुपमा रहेको फाष्ट ट्रयाक, सुरुङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि विकास, जलविद्युत निर्माण, वितरण गर्ने, लगायतका कम्पनीले, उपयुक्त देखेका लगानीका क्षेत्रहरुमा स्वदेशी वा विदेशी संघ संस्था, बैंक, नेपाल सरकार तथा व्यक्ति विशेषसंग मिली यो कम्पनीका संस्थापक भई एकल वा संयुक्त रुपमा औद्योगिक व्यवसाय, पर्यटन, केवुलकार, विद्युत उत्पादन प्रशारण, पूर्वाधार विकास बैंक, प्रविधि विकास लगायतका विषयहरुसंग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने÷गराउने, सो सम्बन्धी परामर्श दाताको रुपमा कार्य गर्ने ।

(ग) विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकाश संग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, गराउने, आवश्यक श्रोतको व्यवस्था गर्ने ।

(घ) प्रचलित कानून बमोजिम संस्थापना भएका कम्पनीहरुको आर्थिक, व्यवस्थापकीय, कानूनी, प्रशासनिक प्राविधिक तथा अन्य क्षेत्रसंग सम्बन्धित परामर्श सेवा लगायतको सेवाहरु प्रदान गर्ने, गराउने ।

(ङ) प्रचलित कानूनको अधिनमा रही विभिन्न प्रकारका बोण्ड तथा डिबेन्चर जारी गर्ने ।

(च) राष्ट्रलाई फाइनान्सीयल, एजुकेशनल, मेडिकल, टुरीजम हब को रुपमा विकास गर्ने, संभाव्यता अध्ययन लगायतमा सम्पूर्ण काम गर्ने/गराउने र सो सम्बन्धी संस्थाहरुमा लगानी गर्ने/स्थापना गर्ने, उच्च प्रविधिको व्यवस्था गर्ने ।

संगठित संस्थाले ओगटेको बजार क्षेत्र :
यस संस्थाले ओगटेको बजार क्षेत्र नेपाल भर रहेको छ । पूर्वाधार विकासको रुपमा रहेको फाष्ट ट्रयाक, सुरुङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि विकास, जलविद्युत निर्माण, वितरण गर्ने, लगायतका कम्पनीले, उपयुक्त देखेका लगानीका क्षेत्रहरुमा स्वदेशी वा विदेशी संघ संस्था, बैंक, नेपाल सरकार तथा व्यक्ति विशेषसंग मिली यो कम्पनीका संस्थापक भई एकल वा संयुक्त रुपमा औद्योगिक व्यवसाय, पर्यटन, केवुलकार, विद्युत उत्पादन प्रशारण, पूर्वाधार विकास बैंक, प्रविधि विकास लगायतका विषयहरुसंग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने÷गराउने, सो सम्बन्धि परामर्श दाताको रुपमा कार्य गर्ने ।

नयाँ उत्पादन तथा सेवा सम्बन्धी योजना :
देश आर्थिक विकासको मुख्य आधार पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) भएको हुँदा पुर्वाधारको विकास गरि देशलाई संमृद्धि गराई विश्व माझ एक विकाशित देशको पहिचान गराउने।

जस अन्तर्गत पूर्वाधारको रुपमा रहेका उर्जा, यातयात तथा संचारको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी देशको विकाश विस्तार गर्ने योजना रहेको छ ।

उत्पादन तथा सेवाको प्रमुख बजार र त्यसको माग र बिक्री वितरणको तरिका : यस कम्पनीलेफाष्ट ट्रयाक, सुरङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जल विद्युत निर्माण, वितरण, पूर्वाधार सम्बन्धी वित्तीय संस्था, खानी, लगायतका व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने, विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने जस्ता कार्यहरु गर्ने हुँदा यसको प्रमुख बजार स्वदेशमा नै रहेका छ ।

हाल नेपाल एक अल्पविकसित देश भएको हुँदा पूर्वाधार विकास बिना देशको विकास असम्भव भएकोले पूर्वधारको विकास अत्यावश्यक भईसकेको छ ।

पूँजी संरचना सम्वन्धि जानकारी :
(क) पूँजीको संरचना :–
१) अधिकृत पूँजी : कम्पनीको अधिकृत पूँजी रु. ५,००,००,००,०००/– (अक्षरेपी पाँच अर्व मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. १००/– अंकित दरका ५,००,००,००० (पाँच करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ ।
२) जारी पूँजी : कम्पनीको जारी पूँजी रु. ५५,५६,००,०००/– (रु. पचपन्न करोड छपन्न लाख) हुने छ । सो पूँजीलाई प्रति शेयर रु. १००/– दरले५५,५६,००० (पचपन्न लाख छपन्न हजार) थान साधारण शेयरमा विभाजन गरिएको छ ।

३) चुक्ता पूँजी : हाल कम्पनीको चुक्ता पूँजी रु. ५०,००,४०,०००/– (रु. पचास करोड चालिस हजार मात्र) रहेको छ र जसलाई प्रति शेयर रु.१००/— का दरले जम्मा ५०,००,४०० थानमा (पचास लाख चार सय) कित्ता शेयरमा विभाजन गरिएको छ ।

यस निष्काशन मार्फत रु.५,५५,६०,०००/– (रु.पाँच करोड पचपन्न लाख साठी हजार) सर्बसाधारणहरुलाई बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी रु. ५५,५६,००,०००/– (रु. पचपन्न करोड छपन्न लाख) हुने छ ।

 

धितोपत्र निष्काशनबाट प्राप्त पूँजीको उपयोग :
(क) साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम यस कम्पनीले
गर्न पाउने कार्यकोअधिनमा रही कम्पनीको व्यवसाय बिस्तारमा प्रयोग गरिने छ जुन देहाय बमोजिम हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*