भोलिदेखि इमर्जिङ नेपालको साढे ५ लाख कित्ता आइपीओ निष्काशन हुँदै

२५ माघ २०७८, मंगलवार १२:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् ।

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन अवधि आज बन्द हुँदैछ ।

त्यसलगत्तै इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न माघ २६ गते (भोलि)देखि मिति तोकेको थियो । उक्त कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।

जसमा २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी हरेको ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगत्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पनि फागुन ४ गतेबाट ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । सो कम्पनीले आज मात्रै निष्काशन मिति प्रकाशित गरेको हो ।

साथै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पनि ८ लाख २८ हजार ७५० कित्ता आइपीओ राष्ट्र उत्थान लघुवित्तको आइपीओ निष्काशन बन्द भएपछि गर्नेछ । नेष्डो लघुवित्तले भने निष्काशन मिति प्रकाशित गरेको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*