विद्युत बिक्री आम्दानी बढ्दा ङादी ग्रुप पावरको खुद नाफा २९ प्रतिशतले वृद्धि

२५ माघ २०७८, मंगलवार ११:४८

काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस समान्तसम्ममा आइपुग्दा खुद नाफा २९.५१ प्रतिशतले बढेर ३ करोड ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बिद्युत बिक्री आम्दानी वृद्धि हुदाँ खुद नाफामा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २८.६१ प्रतिशतले बढेर ७ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ भने वार्षिकी प्रतिशेयर आम्दानी १० रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*