माउण्टेन इनर्जी नेपालको खुद नाफा ७८८ प्रतिशतले वृद्धि, इपिएस कति ?

२५ माघ २०७८, मंगलवार ११:४१

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ७८८.७३ प्रतिशतले बढेर ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्री आम्दानीमा आकर्षक सुधार आउदा खुद नाफा आकाशिएको हो ।

यसै अवधिमा कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ८ करोड २१ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीकोे चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ खुद नाफा आकाशिएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसा थियो भने अहिले यसको प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १३७ रुपैयाँ ०४ पैसाबाट बढेर १४२ रुपैयाँ २५ पैसा पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*