जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार 

२५ माघ २०७८, मंगलवार ११:४२

बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी सिर्जना खरालपाण्डेले छोरा दर्शन पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएकी छ्न् । छोराको पहिलो जन्म दिनको अवसरमा सिटिजन लाइफ लाइफ इन्स्योरेन्स कम्पनी को बाल भबिस्य जीबन बीमा पोलिसी उपहार दिएकि हुन् ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले छोराको भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको सिर्जनाले बताइन ।

सिटिजन बाल भबिस्य बीमा पोलिसी अन्तर्गत बच्चा र प्रस्तावक दुबैको जोखिम कभरेज हुने , बिमा समाप्तिमा बिमाङ्क र बोनस रकम प्राप्त हुने भएकोले भोलिको उज्ज्वल भबिस्यको लागि पाण्डे परिवारले सिटिजन बालभबिस्य योजना जीवन बीमा खरिद गरेको पाल्पा शाखाका शाखा प्रबन्धक विजय कार्की ले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*