समाज लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा श्यामबाबु राय

२५ माघ २०७८, मंगलवार ११:३८

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले नयाँ संचालक समिति गठन गरेको हो ।

सोही बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र एकजना स्वतन्त्र संचालक गरी ७ जनाको नयाँ संचालक समिति गठन गरेको हो ।

साथै कम्पनीको संचालक समितिको उक्त बैठकले संचालक समितिको अध्यक्षमा श्यामबाबु रायलाई निर्विरोध निर्वाचित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*