प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

२५ माघ २०७८, मंगलवार ११:०५

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकोले गत आर्थिक वर्षको संिचत मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३६८ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

बीमा समितिले चालु आर्थिक वर्षदेखि सबै निर्जीबन बीमा कम्पनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कम्पनीले गत आवको मुनाफा शेयरधनीहरुलाई बाँड्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*