जाल्पा लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

२५ माघ २०७८, मंगलवार ०६:५४

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन हो । आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय पश्चात बन्द हुनेछ ।

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओमा आवेदन खुल्ला गरेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकले आवेदन दिएका छन् ।

लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

मागभन्दा अत्याधिक मात्रामा आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपिओ बाँडफाँड हुनेछ । कूल ४८ हजार ७९० जनाले गोलाप्रथामार्फत आईपिओ हात पार्नेछन् ।

आवेदन दिन बाँकी इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*