एकैदिन कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ११७० जनामा कोरोना संक्रमण पुष्टि

२४ माघ २०७८, सोमबार १७:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ संक्रमणमा मृत्यु हुनेको संख्या १३ रहेकोा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ जनामा र ३ हजार ४९१ जनामा एन्टिजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यमामा आज मात्र ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*