जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग गरिएको भन्दा ५७ गुणा बढीको आवेदन

२४ माघ २०७८, सोमबार १७:२५

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धकका अनुसार आज कम्पनीको २ अर्ब ७५ करोडरुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) सवा ५ बजेसम्ममा २२ लाख २९ हजार २२१ जना आवेदकबाट २ करोड ७५ लाख ६२ हजार ४६० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५७ गुणा बढी हो ।

कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा मंगलबार (माघ २५ गते) सम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*