वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय

२४ माघ २०७८, सोमबार १६:२३

काठमाडौं । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनको लागि यस अघि बसेको बैठकले पनि विभिन्न मिति तय गरेको थियो ।बालुवाटारमा अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरुसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रधानमन्त्री देउवाले हिजो साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।

One thought on “वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय

  1. Taukeer Hussain says:

    Election should be held after 10th jestha .
    .No MCC .

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*