नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित, १० उपसूचकमा छायो हरियाली

२४ माघ २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको छ ।

आज नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने घट्न पुगेको छ । अघिल्लो साता ६।७ अर्बमा रहेको कारोबार आज ५ अर्बमा खुम्चिन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक बृद्धि हुनेमा जीवन बीमा समूहको १२४ रुपैयाँ ९६ पैसाले बृद्धि भएको छ भने । आज राताम्य हुने समूहमा माइक्रोफाइनान्स, होटल तथा पर्यटन समूह र बैकिङ समूह रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*