साहज उर्जाको अधिकांश सूचकमा देखियो सुधार, नाफा साढे २२ करोडमाथि

२४ माघ २०७८, सोमबार १२:५२

काठमाडौं । साहज उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य बृद्धि भएको हो ।

गत आवको यसै अवधिसम्ममा २२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको यस अवधिसम्ममा ५२.३१ प्रतिशतले बढेर करिब साढे ३४ करोड रुपैयाँ नाफा कमाउन पुगेको हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको कुल आम्दानी ५१.९१ प्रतिशतले बढेर ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको कुल आम्दानी २२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । यस आवको पुष मसान्तसम्ममा संस्थाले उल्लेख्य विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य आम्दानीमा बृद्धि गरेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

साथै कम्पनीले यसै वर्ष आइपीओ जारी गरेपश्चात चुक्तापूँजी बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कम्पनीले जगेडा कोषको आकार समेत बृद्धि गरी १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी १९.६७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*